काठमाडौं: भक्तपुर नगरपालिका कालोपाटी नजिकै पित्तलका करुवा लगायत भाँडाको सामानको कारोवार गर्दै आएका ३५ वर्षीय भारतीय नागरिक सहिद हुसेनको हत्या भएको छ।
भारतको उत्तर प्रदेश घर भइ लामो समयदेखि भक्तपुरमा बस्दै आएका हुसेनको शनिवार राति इँटा तथा ढुङ्गा प्रहार गरेर हत्या भएको हो। आइतबार बिहान करिब ७ बजेतिर खोल्सोमा शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
खबर पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले अनुसन्धानको क्रममा ८ जना मानिस नियन्त्रणमा लिएको छ भने प्रहरीले अनुसन्धानबाट केहि तथ्य फेला पारिसकेको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले न्युजडोको लाइ बताउनु भएको छ।






