Home / Nepal / News / भारत सरकारले दियो एकैपटक कोरोनाविरुद्धका दुई खोपलाई अनुमति

भारत सरकारले दियो एकैपटक कोरोनाविरुद्धका दुई खोपलाई अनुमति

काठमाडौं : भारत सरकारले आइतबार एकसाथ कोरोनाविरुद्धका दुई खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ।

स्वदेशी औषधि उत्पादक कम्पनी भारत बायेटेकको को-भ्याक्सिन र अक्सफोर्ड युनिभर्सिटीको उत्पादन अस्ट्राजेनिका खोपालई भारतको ड्रग रेगुलारिटी अथोरिटीले प्रयोगको अनुमति दिएको हो।

भारतले यही वर्षभित्र ३० करोड जनतालाई कोरोनाविरुद्धको खोप दिने योजना बनाएको छ। यही योजनाअनुसार अस्ट्राजेनिकाले पाँच करोड डोज प्रतिमहिना खोप उत्पादन गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *