Home / Sports / प्रदेश १ ले जित्यो प्रधानमन्त्री कपको उपाधि

प्रदेश १ ले जित्यो प्रधानमन्त्री कपको उपाधि


लमही : दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकोे छ। आइतबार भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि रक्षा गरेकोे हो। प्रदेश १ ले पहिलो पटक पीएम कपको उपाधि जितेको हो । सविकको विजेता एपीएप भने सहजै पराजित हुन पुगेको हो। प्रदेश १ लाई एपीएफले ६ रनले हराएको हो।

प्रदेश १ ले उपाधि जितका लागि दिएको १०६ रनको लक्ष्य एपीएफले निर्धातिर २० ओभर सात विकेट गुमाउँदै मात्र ९९ रन बनाएको हो। एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन्। त्यस्तै करुणा भण्डारीले २६ रन बनाउँदा जोति पाड्यले १४ रनको योगदान गरिन् ।

बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना श्रेत्रिले र अलिसा खाडियाले दुई विकेट लिन २ विकेट सफल भए। त्यस्तै संगिता राईले पनि एक विकेट लिन सफल भइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा चार विकेट गुुमाउँदै १०५ रन बनाउन सफल भएको थियो । प्रदेश १ का लागि अप्सरी बेगमले ३४ रनको योगदान गरिन् । ४५ बल खेलेकी उनले ५ चौकाको सहयोगमा ३४ रन बनाउन सफल भएकी हुन् ।

प्रदेश १ का लागि काजल श्रेष्ठले नट आउट २९ रनको योगदान गरिन्। त्यस्तै कप्तान रोविना श्रेत्रीले १८ रन बनाउँदा निशा शाहले रनको योगदान गरिन्। बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले सर्वाधिक तीन विकेट लिइन्। त्यस्तै करुणा भण्डारीले एक विकेट लिन सफल भइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *