Home / Politics / पाकिस्तानी प्रधानमन्त्रीद्वारा विकासशील मुलुकलाई ऋण उपलब्ध गराउन आग्रह

पाकिस्तानी प्रधानमन्त्रीद्वारा विकासशील मुलुकलाई ऋण उपलब्ध गराउन आग्रह


इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विकासशील मुलुकलाई ऋण राहत उपलब्ध गराउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री खानले भिडियो सन्देशमार्फत दशवासी र अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्दै कोरोना संक्रमणबाट हुने क्षति कम गर्न विकासशील मुलुकलाई ऋण राहत उपलब्ध गराउन आग्रह गरेका हुन् । 

उनले भने, “कोरोना भाइरसको संक्रमणले पारेको असरलाई कम गर्न पाकिस्तानजस्तै विकासशील मुलुहरुले ठूलो परिमाणको आर्थिक प्याकेज घोषणा गर्न सक्दैनन् ।

संयुक्त राज्य अमेरिका, जापानजस्ता ठूलो अर्थतन्त्र भएका मुलुकले ठूलो परिमाणमा राहत प्याकेज घोषणा गरेका छन् ।

पाकिस्तानले केवल ८ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेजमात्रै घोषणा गरेको छ । त्यसकारण अन्तर्राष्ट्रिय संघसंस्थाहरुले विकासशील मुलुकका लागि राहत ऋण उपलब्ध गरायो भने केही सहज हुन्छ ।” 

उनले कोरोना महामारीले आर्थिक र स्वास्थ्य क्षेत्रमा एकसाथ चुनौती थपेकोप्रति सचेता गराउँदै विश्वव्यापी आर्थिक वृद्धि घट्‍ने र यसले ठूलो क्षति हुने चेतावनी दिए । 

‘ग्लोबल इनिसियटिभ अन डेब्ट रिलिफ’ (ऋण राहतका लागि विश्वव्यापी पहल) मार्फत विभिन्‍न मुलुकका नेताहरुलाई एक ठाउँमा ल्याउँछ । विशेष गरी पेरिस क्लब, एचआईपीसी र अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरुले यस विषयमा संयोजन गरेर महामारीविरुद्ध लड्‍न सहयोग पुर्‍याउन प्रधानमन्त्री खानले आग्रह गरेका छन् । 

उनले भनेका छन्, “अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरुले यस विषयलाई सकारात्मक रुपमा लिएर विकासशील मुलुकहरुलाई महामारीविरुद्ध लड्‍न सहयोग गर्न मेरो अपिल छ ।” 

पाकिस्तानमा हालसम्म ५ हजार १८५ कोरोना संक्रमित छन् भने ८८ जनाको मृत्यु भएको छ । त्यसैगरी एक हजार २८ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *