Home / Nepal / News / भोलि बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान

भोलि बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा सोमबार बिहान राष्ट्रिय गानका लागि अपिल गरेका छन् ।

उनले राष्ट्रिय गानको समाप्तिपछि करताल ध्वनिले एकबद्धता स्वरुप ताली बजाएर सम्मान गर्न अपिल गरेका छन् ।

उनले भनेका छन्, “कोरोना संक्रमणको उपचारका लागि अहोरात्र खटिने चिकित्सक, नर्स, अत्यावश्यक सेवा प्रदायक कर्मचारी, सेवा ढुवानी कर्ता, सरसफाइ कर्मचारी, सुपर मार्केटका कर्मचारी एवम् नेपाललाई यस विपत्बाट जोगाउन कार्यरत सबैको सम्मानमा सम्पूर्ण देशवासी एकजुट भएर देशको गौरवको प्रतीक राष्ट्रिय गान आफ्नो घरबाट गुन्जाएर बजाउ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *