Home / Nepal / News / काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस, तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस, तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं : काठमाडौंको आज विहान साढे ६ बजेको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको रहेको छ।

बिहान हुस्सु लागेको काठमाडौंको दिउँसोको तापक्रम १९ डिग्री सेल्यिससम्म पुग्ने र मौसम सफा रहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

तराईका अधिकांश जिल्लामा अहिले अधिकांश जिल्लामा हुस्सु र कुहिरो लागेको छ। यो साँझसम्मै रहने श्रेष्ठ बताउँछन्। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने श्रेष्ठको भनाइ छ।

आज राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू–भागमा आंशिक बदली रहेहने र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमापातको संभावना रहेको जल तथा मौसम विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *