काठमाण्डाै: उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिएको छ। कोरोना महामारीका कारण सधैंजस्तो रौनक नभए पनि छ्ठ पर्ब सुर्यको पूजा आराधना गरी समाप्त भएको छ।
चार दिनसम्म मनाइने छठ पर्ब विशेष गरी कात्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गर्ने गरिन्छ।
कोरोनाको महामारीका कारण कतिपयले भने यसपालि घरको आँगन र छतमा नै कृत्रिम जलाशय बनाएर सूर्यको पूजा आराधना गरेका छन् ।
कोरोनाको जोखिमका कारण यसपालि सरकारले भीडभाड नगरि पर्व मनाउन आग्रह गरेको थियो। यद्यपि तराइका केही नदी, पोखरी, तलाउमा भने सामान्य अवस्थामा झैँ भीडभाड भएपछि प्रहरी परिचालन गरिएको थियो ।






