Home / Society / बिपिन कार्की र नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘प्रसाद’ले युट्युबमा मच्चायो धमाका, २४ घन्टामा १० लाख बढिले हेरे

बिपिन कार्की र नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘प्रसाद’ले युट्युबमा मच्चायो धमाका, २४ घन्टामा १० लाख बढिले हेरे

समसामयिक घटनामा आधारित बिपिन कार्की, नम्रता श्रेष्ठ , निस्चल बस्नेत अभिनित चलचित्र ‘प्रसाद’ लाइ २४ घन्टामै दश लाख भन्दा बढिले हेरीसकेका छ्न।

ओएसआर डिजिटलको युट्युब च्यानलबाट अपलोड भएको उक्त चलचित्र यो समाचार तयार पार्दा सम्म १० लाख भन्दा बढिले हेरी सकेका छ्न। बिपिन कार्की र नम्रताको जोडीलाइ हलका दर्सकले जस्तै युट्युबका दर्शकले पनि मन पराएका छ्न।

दिनेश राउतको निर्देशनमा बनेको उक्त चलचित्रमा समाजमा बिद्यमान जातिय बिभेद, जबर्जस्ती करणी र त्य्सलाइ छोप्न ढाक्न गरिने हत्या जस्ता कुराहरूलाइ आकर्षक ढंगबाट चलचित्रमा प्रस्तुत गरीएको छ।

ब्यबसायीकरुपमा सफल यस चलचित्र प्रसादमा बिपिन कार्की, नम्रता श्रेष्ठ, निस्चल बस्नेतका अलाबा बसुन्धरा भुसाल बिनोद भट्टराई प्रकास गन्धर्व आदिको अभिनय रहेको छ।

साङ्गीतिक पक्षमा एक्दमै सबल रहेको यस चलचित्रका बनकि चरी र जाउँ माया सरर जस्ता सफल गितहरुले चलचित्रलाइ अझ आकर्षित बनाइदिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *