Home / Society / मालपोत कार्यालय तुलसीपुरका कर्मचारी ३ लाख २० हजार घुससहित पक्राउ

मालपोत कार्यालय तुलसीपुरका कर्मचारी ३ लाख २० हजार घुससहित पक्राउ

दाङ: मालपोत कार्यालय तुलसीपुरमा कार्यरत २ जना कर्मचारी घुससहित रङ्गेहात पक्राउ परेका छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलिले कार्यालयका २ जना कर्मचारीलाई ३ लाख २० हजार रकमसहित पक्राउ गरेको हो। 

घुस रकमसहित मालपोत कार्यालयका तामेली फाँटका बरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेको अख्तियार कार्यालय नेपालगञ्ज प्रमुख गणेश गैरेले जानकारी दिए।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रमुख गैरेले बताउनु भएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *