Home / Nepal / News / सुहाना थापाको डेब्यु चलचित्र ए मेरो हजुर ३ ले युट्युबमा मच्चायो धमाका

सुहाना थापाको डेब्यु चलचित्र ए मेरो हजुर ३ ले युट्युबमा मच्चायो धमाका

नायिका झरना थापाको निर्देशन तथा सुनिल कुमार थापाको निर्माणमा बनेको ए मेरो हजुरको सिक्वल(sequel) ए मेरो हजुर ३ ले युट्युबमा तहल्का मचाइरहेको छ।

बिहीवार बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट अपलोड भएको उक्त चलचित्र यो समाचार तयार पार्दा सम्म २५ लाख ७० हजार भन्दा बढिले हेरी सकेकाछ्न।

अनमोल केसी र सुहाना थापाको जोडीलाइ हलका दर्सकले जस्तै युट्युबका दर्शकले पनि मन पराएका छ्न।

निर्माता सुनिल कुमार थापा तथा नायिका झरना थापाकी पुत्री सुहाना थापाको डेब्यु चलचित्र ए मेरो हजुर ३ व्यावसायिक रुपमा सफल चलचित्र हो।

अनमोल र सुहानाका साथमा सलोन बस्नेत, रबिन्द्र झा, सरोज खनाल, रुपा घिसिङ, रक्षा गौतम आदि कलाकार छ्न।

कहिल्यै निको नहुने क्यान्सर सङ्ग लडिरहेकी ‘आर्या’ सुहाना थापा र सुपरस्टार गायक ‘प्रेम’ अनमोल केसी बिचको वियोगान्त प्रेमलाइ चलचित्रम अत्यन्तै सुन्दर ढङ्गबाट उतारिएको छ।

https://youtu.be/7OZC65XsLV0
Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *