Home / Society / बुद्धलाई आह्वान

बुद्धलाई आह्वान

सोमनाथ दाहाल लेटाङ्ग मोरङ
छन्द :- शार्दूलविक्रीडित

कोही मान्न सकिन्न पात्र सकली विश्वासको भेषमा
नेता नेतृ र शुद्ध धर्मगुरुको चम्चेहरू केसमा ।
जन्मे गौतम बुद्ध भन्नु कसरी मान्छे सबै मत्सर
प्यारा बुद्ध अशान्ति थाम्न अहिले सम्झेर आऊ घर ।।

रक्षाका प्रहरी भनेर चिनिने ती चोर पर्यायमा
न्यायाधीश सदा दुखी मुलुकको आफैँ छ अन्यायमा ।
तिम्राे जन्म भयो यहीँ मुलुकमा आमा रुने अक्सर
प्यारा बुद्ध अशान्ति थाम्न अहिले सम्झेर आऊ घर ।।

धेरै दुःख हुदैन यो मुलुकका सारा समस्या गए
गर्थ्यो भाषण पूर्ण हुन्छ अबको सर्कार हाम्राे भए ।
सत्ताको उपहार घुम्छ दुनियाँ सत्ता भनी बम्पर
प्यारा बुद्ध अशान्ति थाम्न अहिले सम्झेर आऊ घर ।।

लेख्यौँ बुद्ध अशान्ति ठप्प पहिलो पार्नु छ भन्ने बुँदा
आफैँ आउन भन्छु नत्र सजिलो त्यो अंश तिम्राे हुँदा ।
सक्दैनौँ अवकास गर्न अहिले आशा छ फिर्छौं तर
प्यारा बुद्ध अशान्ति थाम्न अहिले सम्झेर आऊ घर ।।

गोर्खाली घर राष्ट्र भक्त नहुँदा जाडो विना हुस्सु छ
अप्ठ्यारो पलमा परेर जनता आँखा भरी आँशु छ ।
तिम्रो वापस सत्य आग-मनमा चिम्लेर मान्छौँ भर
प्यारा बुद्ध अशान्ति थाम्न अहिले सम्झेर आऊ घर ।।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *