काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य इराक पुगेका छन्। इराकसँगको मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम मंगलबार राति इराकतर्फ प्रस्थान गरेको थियो।
नेपाली टिम स्थानीय समयानुसार १०ः१५ मिनेटमा इराक पुगेको हो। नेपाली टिम कतार एयरवेजबाट इराक पुगेको जनाइएको छ।
नेपालले जेठ १५ (मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाली टिम जुन १२ मा स्वदेश फर्किनेछ।






