Home / World News / दिपिका लगायतका अभिनेत्री हरुलाइ सोधपुछका लागि एनसिबिले बोलायो

दिपिका लगायतका अभिनेत्री हरुलाइ सोधपुछका लागि एनसिबिले बोलायो

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले लागुऔषध मुद्दामा बलिउडका अभिनेत्रीहरुलाई सोधपुछको लागि बोलाएको छ। एनसीबीले अभिनेत्री दीपिका पदुकोण, सारा अली खान, श्रद्धा कपुर, रकुल प्रित सिंह र फेसन डिजाइनर सिमोन खम्बाटालाई बोलाएको हो।
एनसीबीले हालसम्म यस मुद्दामा रिया चक्रवर्ती, उनका भाई सोविक चक्रवर्ती, सुशान्तका अपार्टमेन्ट म्यानेजर शम्युएल मिरान्दा र उनको घरमा कर्मचारी दीपेश सावन्तलाई पक्राउ गरेको छ।
सुशान्तको मृत्यु प्रकरणमा लागुऔषध सम्बन्धमा अनुसन्धान गर्दै एनसीबीले यसअघि दीपिकाका प्रबन्धक करिष्मा प्रकाश र क्वान ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीका सीईओ ध्रुव चितगोपेकरलाई सोधपुछको लागि बोलाइसकेको छ।
एनसीबीले ह्वाट्स एप म्यासेजमा लागुऔषध किनबेचको कुरापछि सोधपुछको लागि बोलाएको हो । जसमा दीपिकाले उनकी म्यानेजर करिष्मालाई लागुऔषध पठाउन च्याट गरिएको थियो
भने अन्यसँग रियाको ह्वाट्स एप ग्रुपमा लागुऔषधबारे कुराकानीको आधारमा बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *