Home / World News / कप्तान रोहित शर्माको अर्धसतकको मद्दतमा मुम्बई द्वारा कोलकाता सामु बिसाल रनको योगफल खडा-

कप्तान रोहित शर्माको अर्धसतकको मद्दतमा मुम्बई द्वारा कोलकाता सामु बिसाल रनको योगफल खडा-

कप्तान रोहित शर्माको अर्धशतकको मद्धतमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो दोश्रो खेलमा कोलकत्ता नाइट राईडर्सलाई १९६ रनको विशाल लक्ष्य दिएको छ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १९५ रन बनायो
शुरुवाती पहिलो विकेट सस्तोमा गुमाएको मुम्बई का लागि कप्तान रोहित शर्मा र सुर्य कुमार यादवले सम्हालेका थिए यादव ब्याक्तिगत ४८ रन बनाएर आउट भएभने कप्तान शर्माले ८० रन बनाएर शिभम् मावीको बलमा आउट भए।
कोलकत्ताका शिभम् मावीले सर्वाधिक दुई विकेट लिए भने सुनिल नारायण र आन्द्रे रसेलले पनि १-१ विकेट हात पारे।
१३औं संस्करणको आईपीएल कोलकत्ताले यो पहिलो खेल हो भने प्रतियोगिताको उद्घाटन खेलमा मुम्बई चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको थियो ।
मुम्बईले सर्वाधिक चार पटक तथा कोलकत्ता दुई पटक आईपीएलको उपाधि चुमेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *