Home / Nepal / सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने सरकारको निर्णय

सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने सरकारको निर्णय

काठमाडौं, १६ चैत । नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो ।

नेपाली नागरिक भएको प्रमाणित भएपछि नेपाल प्रवेश दिइने प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

साथै उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *