Home / Nepal / News / काठमाडौमा २ जना नर्सलाई आरडीटी गर्दा कोरोना संक्रमण पोजेटिभ

काठमाडौमा २ जना नर्सलाई आरडीटी गर्दा कोरोना संक्रमण पोजेटिभ

काठमामाडौँ । काठमाडौँमा २ जना नर्सलाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

उनीहरुको आरडिटी परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो ।

आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको जनाईएको छ । आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण भईरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *