Home / Nepal / सरकारले ‘लक-डाउन’ र अन्तर्राष्ट्रिय सीमा बन्दलाई चैत २५ गतेसम्म कायम राख्ने

सरकारले ‘लक-डाउन’ र अन्तर्राष्ट्रिय सीमा बन्दलाई चैत २५ गतेसम्म कायम राख्ने

काठमाडौं, १६ चैत । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सरकारले ‘लक-डाउन’ र अन्तर्राष्ट्रिय सीमा बन्दलाई चैत २५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। बैठकले राहत प्याकेजको पनि निर्णय गरेको छ।

राहत प्याकेजबारे सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार मन्त्री युवराज खतिवडाले केही बेरमा नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणबारे जानकारी गराउनेछन्।

यसअघि सरकारले यही चैत ११ देखि १८ गतेसम्म लक-डाउनको निर्णय गरेको थियो। अब नयाँ निर्णयअनुसार यो २५ गतेसम्म निरन्तर चल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *