Home / Nepal / लकडाउनले जनताले दु:ख पाएको भन्दै मोदीले मागे माफी

लकडाउनले जनताले दु:ख पाएको भन्दै मोदीले मागे माफी

काठमाडौं, १६ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लगाइएको लकडाउनका कारण जनताले दु:ख पाएको भन्दै माफी मागेका छन् ।

मोदीले लकडाउनको कारण गरिब मानिसहरुमा परेको असुविधाप्रति आइतबार आफ्नो रेडियो कार्यक्रम मन की बातमा बोल्दै क्षमायाचना व्यक्त गरेका हुन् ।

उनले भने, ‘म तपाईंहरुको समस्या बुझ्छु, तर कोरोना भाइरसविरुद्धको लडाइँमा यसको कुनै विकल्प थिएन ।’

प्रधानमन्त्री मोदीले सबै जनतालाई सुरक्षित राख्नका लागि नचाहेर पनि यस्तो निर्णय गर्नुपरेको बताए ।

यो संकटमा सहयोग गर्ने सबै मानिसलाई धन्यवाद पनि दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण एक हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २५ जनाको ज्यान गइसकेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *