Home / Nepal / सशस्त्र प्रहरी विटमा भारतीयद्वारा आक्रमण , प्रहरीले चलायो दुई राउण्ड गोली

सशस्त्र प्रहरी विटमा भारतीयद्वारा आक्रमण , प्रहरीले चलायो दुई राउण्ड गोली

बिर्तामोड नेपाल भारत सिमास्थित झापा गाउपालिका १ सुकुम्वासीमा रहेको सशस्त्र प्रहरी विटमा भारतीयहरुले आक्रमण गर्दा दुई राउण्ड गोली चलेको छ ।


सोमवार भारतबाट नेपालतर्फ प्रवेश गर्न खोज्ने भारतीय नम्बर प्लेटको मोटरसाईकलमा रहेका दुई भारतीयलाई नेपालतर्फ रहेको सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

पछि २ घण्टा नियन्त्रणमा लिएर आइन्दा यस्तो काम नर्गने भनी दुई भाटा हानी फर्काएको बताएको छ ।


पछि सिमामा रहेको भारतर्फको खयर टोलबाट घरेलु हतियारसहित आएका दुई सयको सङ्ख्यामा रहेका जत्थाले झापा गाउँपालिका सुकुम्बासीटोलमा रहेको सशस्त्र प्रहरी बिटमा आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीले २ राउण्ड गोली चलाएको थियो ।


यसबाट भारतर्फ रहेका स्थानीय भारततर्फै लागेको सशस्त्र प्रहरीले जनाएको छ । सो क्षेत्रमा भारतका करिव पाँच सय जना कृषकले खेत भाडामा लिएर नेपाली भूमिमा मकै खेती लगाएका छन ।

उनीहरु नेपालमा रहेको आफ्नो मकैवालीमा पानी लगाउन र मकै थन्याक्यान आउन पाउनुपर्ने माग गर्दै आएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउँनुभयो ।


सिमामा रहेको सशस्त्र र जनपद प्रहरीले उनीहरुलाई राक्दै आएको थियो । भारतीय नागरिकले नेपाली सशस्त्र प्रहरी विटमा आक्रमण गरेपछि थप प्रहरी सो क्षेत्रमा परिचालन गरिसकिएको गाउँपालिकाका अध्यक्ष साहले बताउँनुभयो ।

यसवारेमा आजै प्रहरी र जनप्रतिनिधिहरुको बैठक राखिसकिएको र आवश्यक थप सिमा व्यावस्थित गरिने शाहले जनाउनुभएको छ । यस घटनाप्रति प्रदेश सरकारका प्रदेशसभा सदस्य हिरा थापाले समेत विरोध जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *