काठमाडौं । साउदी अरबले नीजि क्षेत्रमा कार्यरत श्रमिकको ४० प्रतिशत तलब कटौती गर्न सक्ने गरी नयाँ नियम लागू गर्ने भएको छ ।
कोरोना भाइरसका कारण आर्थिक समस्यामा भोगिरहेको उद्योग कलकारखाना र अन्य व्यवसायका हकमा साउदीले ४० प्रतिशत तलब कटौती गर्ने नयाँ नियम ल्याएकाे गल्फ न्यूजले जनाएको छ ।
साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले त्यससम्बन्धि निर्णय गरेको प्रतिलिपि आफूसँग सुरक्षित रहेको स्थानीय पत्रिका अल सराक असातले जनाएको छ ।
सो पत्रिकालाई उधृत गर्दै गल्फ न्यूजले लेखेको समाचार अनुसार सो निर्णयमा नीजि कम्पनीले ६ महिनाका लागि आफ्ना कामदारको तलब ४० प्रतिशत कटौती गर्न सक्नेछन् ।
तर, यसका लागि सम्बन्धित कम्पनीले कोरोना भाइरसले व्यवसाय समस्यामा परेको प्रमाणित भने गर्नुपर्ने समाचारमा जनाइएको छ ।






