Home / World News / जर्मनीमा बाहिर आएभन्दा १० गुणा बढी कोरोना संक्रमित हुन सक्ने आशंका

जर्मनीमा बाहिर आएभन्दा १० गुणा बढी कोरोना संक्रमित हुन सक्ने आशंका

काठमाडौं । जर्मनीमा १० गुणा बढी कोरोना संक्रमित हुन सक्ने आशंका गरिएको छ । जर्मनी अधिकारीहरु कोरोना संक्रमितको जुन तथ्यांक बाहिर आएको त्यसको १० गुणा बढी भएको हुन सक्ने बताएका हुन् । 

यो दाबी बान युनिभर्सिटीको रिसर्चले गरेको हो । रिसर्चका अनुसार जर्मनीमा १८ लाख व्यक्तिमा कोरोना संक्रमण हुन सक्छ । हाल जर्मनीमा १ लाख ६० हजारमा कोरोना संक्रण पुष्टी भइसकेको छ । 

यो अध्ययन जर्मनीको हेन्सवर्ग सहरमा गरिएको बीबीसीले जनाएको छ । यस अध्ययन अनुसार, कोरोना भाइरस संक्रमित ५ मध्ये एक जनामा कुनै लक्षण देखिएन ।

जर्मनीमा ७ हजार भन्दा धेरैको कोरोनाका कारण ज्यान गइसकेको छ । छिमेकी देशको तुलनामा कोरोनाका कारण निकै कमको ज्यान गएका कारण जर्मनीले लकडाउनमा छुट दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *