पूर्व पश्चिम राजमार्ग अंतरगत सर्लाहीको हरिवनमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना बढ़ी घाईते भएका छन।
बुधवार बेलुकी दाङबाट काकडभित्ताको लागि छुटेको ना ५ ख ४४८८ नम्बरको यात्रुवाहक बस सर्लाहीको हरिवन नगरपालिका–४ सशस्त्र प्रहरी बेशक्याम्प नजिकै दुर्घटनाग्रस्त भएर बस सडकबाट १० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
दुर्घटनामा परेका एक जनाको घटनास्थलमै र एकजनाको उपचारको लागि विरगञ्ज लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिएको छ।
दुर्घटनामा दाङको राप्ती गाउँपालिका ५ की ३६ वर्षीया राजकुमारी चौधरीको र सोही स्थान बस्ने २३ वर्षीया रिता चौधरीको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि गम्भिर घाईते भएका ५ जनाको न्युरो अस्पताल विरगञ्जमा उपचार भइरहेको छ भने सामान्य घाइते भएका तीन जनाको नमुना अस्पताल हरिवन र अन्यको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ।





