काठमाडौं । पार्टीको सचिवालय बैठक जारी रहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिए पछि नेकपाको विवाद फेरि छताछुल्ल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको श्रोतले बताएको छ ।
“बैठक चलिरहेका बेला प्रधानमन्त्री एक्कासी बाहिर निस्कनुभएको हो,” स्रोतले भन्यो ।
नेकपाको भोलिदेखि सुरु हुने स्थायी कमिटीका एजेन्डा तयार पार्न सचिवालय बैठक बोलाइएको थियो ।






