Home / Society / भारतले अनुदानमा दीएको कोभिड १९ विरुद्धको खोप कहिबेरमा नेपाल भित्रीने

भारतले अनुदानमा दीएको कोभिड १९ विरुद्धको खोप कहिबेरमा नेपाल भित्रीने

काठमाडौं : कोभिड १९ विरुद्धको खोप पहिलो पटक भारतबाट आज नेपाल भित्रीने भएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज बिहान ११ बजे १० लाख डोज खोप झारिने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभएको छ ।

खोप भण्डारणका लागि विमानस्थल र टेकुस्थित ८ वटा कोल्डचेन तयारी अवस्थामा राखिएको जानकारी स्वास्थ मंत्रालयले जनाएको छ।
केन्द्रीय भण्डारण केन्द्रबाट रेफ्रिजेरेटर भ्यानमार्फत् प्रदेश र विभिन्न तहमा क्रमशः वितरण गर्ने योजना रहेको खोप विभाग प्रमुख डा. झलक गौतमले जानकारी दिनुभएको छ ।

भारतबाट ल्याइने खोप रेगुलर अर्थात २ देखि ८ डिग्री सेल्सियस क्षमताका कोल्डचेनमा भण्डारण गर्न सकिने जानकारी गराइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *