Home / Nepal / News / बाँकेको नेपालगन्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

बाँकेको नेपालगन्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

कोहलपुर : बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यभन्दा दुई अर्ब ३२ करोड रुपैयाँ बढी राजस्व असुली गरेको छ।

कार्यालय प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार भन्सार कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य सात अर्ब ५८ करोड रुपैयाँ रहेकोमा नौ अर्ब ९० करोड अर्थात् ३०.६० प्रतिशत राजस्व असुली गरेको हो।

चालु आर्थिक वर्षको पहिलो महिनामा १७७ प्रतिशत राजस्व असुली गरेको नेपालगन्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १३८ प्रतिशत राजस्व संकलन गरेको भण्डारीले जानकारी दिएका छन्। भन्सार कार्यालयको यस वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य रहेकोमा सजिलै पूरा हुने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *