काठमाडौं : नेपाली बजारमा बुधबार पाँच सयले बढेको सुनको मूल्य बिहीबार ६ सयले महँगिएको छ।
छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६०० रुपैयाँले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य बिहीबारका लागि प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यसदिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ। सुनचाँदीको मूल्य पछिल्लो दुई साताको अन्तरालमा सामान्य घटबढ भइरहेको छ।





