Home / Politics / चीनबाट स्वास्थ्य सामग्री ल्याउन ओम्‍नी समूहसँग गरेको सम्झौता रद्द, पाँच करोड धरौटी जफत

चीनबाट स्वास्थ्य सामग्री ल्याउन ओम्‍नी समूहसँग गरेको सम्झौता रद्द, पाँच करोड धरौटी जफत

काठमाडौं। स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्‍नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ।

विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले समयमा सामान ल्याउन सक्ने अवस्था नदेखिएपछि आज ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिसँगको सम्झौतासँगको सम्झौता रद्द गरिएको जानकारी दिए।

सम्झौता रद्द गरेको सो कम्पनीसँग लिएको ५ करोड धरौटी पनि जफत गरिएको बताए।

केही बेरअघि नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले आवश्यक थप सामग्री ल्याउन भोलिदेखि नै अर्को प्रक्रिया अघि बढाउने जानकारी दिए।

तीनदिनको समय दिएर प्रस्ताव आव्हान गरिने र अहिले सस्तोमा सामान ल्याउने भनेका सप्लार्यसलाई प्रस्तावना पेश गर्न उनले आग्रह गरे।

यसअघि सम्झौता गरेको कम्पनीले अहिलेसम्म १० प्रतिशत मात्रै सामान ल्याएको छ।

बाँकी सामान ५ अप्रिल भित्रमा ल्याइसक्ने सम्झौता गरेको कम्पनीले ल्याउन सक्ने नदेखिएपछि सम्झौता रद्द गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *