Home / Nepal / पहिलोपल्ट अष्ट्रेलिया पुग्यो निगमको वाइडबडी, ब्रिसबेनमा

पहिलोपल्ट अष्ट्रेलिया पुग्यो निगमको वाइडबडी, ब्रिसबेनमा

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अस्ट्रेलियाको ब्रिसबेनमा ल्यान्ड भएको छ ।

लकडाउनका कारण नेपालमा रोकिएका अस्ट्रेलियाका नागरिक लैजान नेपालस्थित अस्ट्रेलिया दूतावासको पहलमा निगमको चार्टर विमान त्यहाँ पुगेको हो ।

अघिल्लो दिन साँझ ६ बजेर ९ मिनेटमा उडेर विमान मलेसियाको क्वालालम्पुरमा इन्धन भर्दै अस्ट्रेलियाको ब्रिसबेन पुगेको हो ।

यसअघि दूतावासले अस्ट्रेलियाको सिड्नी उडान गर्ने भनी सूचना सार्वजनिक गरे पनि ब्रिसबेन उडान गरिएको हो ।

विमानमा क्रु मेम्बरसहित २ सय ५७ जना अस्ट्रेलियाली नागरिक थिए ।

निगम एयरबसको वाइडबडीबाट पहिलोपल्ट अस्ट्रेलिया पुगेको हो । नेपालले ५ महिनाअघि मात्रै अस्ट्रेलियासँग हवाई सम्झौता गरेको थियो ।

तस्बिर : अरुण तिवारी–ब्रिसबेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *