काठमाडौ- पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण बाट थप ११ जनाको मृत्युु भएको पुष्टि भएको छ। यो सहित हालसम्म २ सय ३९ जनाको मृत्युु भएको पुष्टि भएको छ।
पछिल्लो २४ घण्टा भित्रमा मृत्यु भएका हरु महोत्तरीकी ४ वर्षीया बालिका छन् भने अरु १० पुरुष छन्। महोत्तरीका ३७ वर्षीय, सिराहाका ६५ वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ पुरुषको कोरोनाबाट मृत्यु भएको छ। त्यस्तै सिराहाका ५३, ६० र ८० वर्षीय पुरुषको मृत्यु भएको छ।
काठमाडौंका ७० र ३५ वर्षीय पुरुष, मकवानपुरका ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमितमध्ये मृतकको दर ०. ५ प्रतिशत रहेको बताएका छन्।






