काठमाडौ: कोरोना भाइरस महामारीका कारण पितृपर्वका विषयमा अनेकथरी कुरा आइरहदा अन्योल भएको भन्दै श्रीवैष्णव परिषद् नेपालले आफ्नो अवधारणा सार्वजनीक गरेको छ।
श्रीवैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराजाचार्य तथा महासचिव सुदर्शन नेपाल द्वारा हस्ताक्षरीत सूचनामा सामाजिक दुरि कायम गर्दै पितृकार्यहरू गर्नु/गराउनु सम्बद्ध सबैलाई अनुरोध गरिएको छ।
आज एक सुचना जारी गर्दै कोरोना भाइरस महामारीबाट बच्नका लागि सरकारका तर्फबाट निर्धारण गरिएका स्वास्थ्यसुरक्षासम्बन्धी सम्पूर्ण उपायहरूलाई हामी सबैले पूर्णरूपमा पालना गर्दै पितृकार्य गर्न अनुरोध गरिएको हो।
जारी सुचनाको पुर्णपाठ
१. पितृकार्य हामी वैदिक सनातन धर्मावलम्बीहरूका लागि अत्यावश्यक कार्य भएको हुनाले , यस कार्यलाई अत्यावश्यक कार्यकै सूचीमा राखेर सावधानीपूर्वक पितृकार्य निर्वाध रूपमा गर्न सक्ने व्यवस्था मिलाउन स्थानीय सरकार एवं प्रहरी प्रशासनसँग समन्वय गर्ने।
२. श्राद्धादि कार्य बाह्मणको प्रत्यक्ष उपस्थितिविना पूर्ण नहुने शास्त्रीय प्रमाण रहेकोले बाह्मणको प्रत्यक्ष उपस्थितिमा नै गर्ने तर ब्राह्मण र कर्ता दुवैले स्वास्थ्यसम्बन्धी सुरक्षाका साधनहरू मास्क , फेससिल्ड आदि अनिवार्य प्रयोग गर्ने।
३. ब्राह्मण र कर्ता दुवैले कम्तिमा दुई मिटर दुरीमा रहेर कार्य गर्ने गराउने।
४. आफ्नो घरमा कार्य गर्दा परिवारभन्दा बाहिरका कसैलाई पनि नबोलाउने।
५.श्राद्धादि कार्य सम्भव भएसम्म आफ्नो घर वा डेरामा नै गर्ने , बाहिर तीर्थस्थलमा भीडभाडमा न जाने , आफ्नो डेरामा सम्भव भएन भने एक जना कर्ता र एक जना बाह्मणमात्र नजिकको देवालय वा तीर्थक्षेत्रमा गएर भीडभाड नगरी कार्य गर्ने।
८.श्राद्धमा गएर आउनु भएका ब्राह्मणले आफूले प्रयोग गरेका बस्त्र , जुत्ता आदि सबै बस्तुलाई तत्काल धोइपखाली गरेर सम्भावित सक्रमणलाई फैलन नदिने उपाय अवलम्बन गर्ने।
९. एक घरमा प्रयोग गरिएका कुनै पनि सामान वा वस्तुहरूलाई प्रशोधन गरी पूर्णरूपमा सुरक्षित नगरूजेल अर्को घरमा प्रयोग नगर्ने।
१०.संक्रमणको शंका भएका वा संक्रमण पुष्टि भएका घरमा वा व्यक्तिले तत्काललाई श्राद्ध नगर्ने, यसलाई श्राद्ध रोकिएको। अवस्थामा पछि गर्न सकिने शास्त्रीय प्रमाणका आधारमा पछि संकमणमुक्त भएर उपयुक्त दिनमा गर्ने।
११. महामारीका बाहानामा हाम्रा धार्मिक एवं सांस्कृतिक परम्परालाई भत्काउन, तोड्न वा समापन गर्न कुनै व्यक्ति संस्था बा समुदायले कार्य गर्न सक्ने अवस्थालाई विचार गरेर स्वधर्म संस्कृति र परम्पराको संरक्षणका लागि अत्यन्त सावधान भएर कार्य गर्ने। कसैको भड़काऊ वा कुतर्कका आधारमा गरिएका शास्त्रविरोधी बहकावमा नलाग्ने।
आफ्ना नजिकमा रहेका गुरु पुरोहित विद्वान्हरूसँग परामर्श गर्ने र वहाँहरूको प्रत्यक्ष निर्देशन अनुसार नै शास्त्रीयविधिले कार्यहरू सम्पन्न गर्ने।
१२. महामारीको यस विषम परिस्थितिमा आफू सचेत रहने र महामारीको सक्रमणलाई फैलन नदिन कुनै प्रमाद नगरी सरकारले निर्धारण गरेका सुरक्षाका उपायहरूलाई पूर्णरूपमा परिपालन गर्ने र आफ्ना नित्यनैमित्तक कर्महरूलाई पनि निरन्तरता दिने ।






