बिराटनगर- कोहि पनि भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ लेटाङमा भएका विभिन्न संघ सस्थाहरुको सक्रियतामा ‘हुनेले खाद्यान्न दिएर सहयोग गरौं नहुनेले लिएर जाउ।’ भन्ने नाराका साथ लेटाङमा शनिबार बाट फुड बैंकको स्थापना गरिने भएको छ।
कोरोना भाइरसका कारण बिगत ६ दिनदेखि लेटाङ नगरपालिका पुर्णरुपमा सिल गरिएको र समुदाय स्तरमा अझै पिसिआर को दायरा बढाउनु पर्ने भन्दै मंगलबार बसेको नगर कार्यपालिकाको बैठक द्वारा थप ३ दिन को लागि नगर सिलको कार्यलाइ बढाएको हुदा बुधबार बाट संचालन मा ल्याइने भनिएको फुड बैंक शनिबार बाट मात्र संचालन गर्न लागिएको उद्योग बाणिज्य संघ लेटाङका अध्यक्ष खड्ग श्रेष्ठले जानकारी दिनु भयो।
नगरलाइ पुर्णरुपमा सिल गरिएका कारण नगरबासिको जीवन दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको र यो विषम परिस्थिमा कोहि पनि भोकभोकै बस्न नपरोस भन्ने उदेश्यका साथ उद्योग वाणिज्य संघ लेटाङ, लेटाङ जेसिज, चारतारे युथ क्लब, लेटाङ पुस्तकालय लगायतका सस्थाहरुको सक्रियतामा ‘हुनेले खाद्यान्न दिएर सहयोग गरौं नहुनेले लिएर जाउ’ भन्ने नाराका साथ फुड बैंकको स्थापन गर्न लागेको श्रेष्ठले बताउनु भयो।
काेरानाकाे संक्रमण भुसकाे आगाे जसरी सल्किरहेकाे सन्दर्भमा लकडाउन अपरिहार्य भएपनि दैनिक चामल किनेर खाने परिवारकाे भाेकै हुने अवस्था आएपछि उद्योग बाणिज्य संघ सगको साझेदारीमा यो याेजना ल्याएकाे लेटाङ जेसिज का अध्यक्ष सुदेश वस्तीले जानकारी दिनु भयो।
बढ्दाे लकडाउनले सृजना गरिरहेको बेरोजगारीपन बाट खाना खान समेत समस्या भइरहेका परिवारलाई केही राहत हुने गरि भदौ २० गते शनिबार बिहान ९ बजे देखि लोकतान्त्रिक चोक (लेटाङ कम्प्लेक्स अगाडि) लेटाङबाट निशुल्क फुड बैंकको स्थापना गरेर सन्चालनमा ल्याइने उक्त अभियानका अभियन्ता राममणी बरालले बताउनु भयो। सबैको साथ र सहयोग को अपेक्षा सहित यो कार्यक्रमको सुरुवात गरिएको उहाले बताउनु भयो।
शनिबारबाट संचालन मा ल्याइने एश कार्यक्रम लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा छलफल भैरहेको अभियन्ता बिकास अधिकारीले जानकारी दिनु भयो।






