Home / Nepal / News / पवित्रा मिसेस व्युटिफुल र पूर्णिमा मिस व्युटिफुल २०२१

पवित्रा मिसेस व्युटिफुल र पूर्णिमा मिस व्युटिफुल २०२१

काठमाडौं : विवाहित र अविवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा पवित्रा वञ्जारा मिसेस व्युटिफुल नेपाल २०२१ र पूर्णिमा क्षेत्री मिस व्युटिफुल नेपाल २०२१ भएका छन्।

विवाहित महिलाबीचको प्रतियोगितामा पवित्रा वञ्जारा मिसेस व्युटिफुल नेपालका साथमा वेस्ट र्याम्पवाक, वेस्ट स्किन र मस्ट ट्यालेन्टेड भएकी छिन्।

मिसेस व्युटिफुल नेपाल २०२१ मा सुशीला श्रेष्ठ फस्ट रनर्सअपका साथमा वेस्ट स्पिच र मस्ट पञ्चुअल, मञ्जु अधिकारी सेकेन्ड रनर्सअपका साथमा मस्ट एक्टिभ, अन्जु न्यौपाने थर्ड रनर्सअपका साथमा मस्ट फोटोजेनिक र सरु थापा मस्ट पपुलर चुनिए। प्रतियोगितामा उमा खड्का भ्युअर्स च्वाईस, रोचना राजोपाध्याय मस्ट डिसिप्लेन, मीना महर्जन वेस्ट स्माइल, सिर्जना रुपाखेती पाण्डे वेस्ट डान्सर, उमा खड्का वेस्ट फिजिक, आरती भण्डारी वेस्ट हेयर, झुमा देवी ओली वेस्ट पर्सनालिटी, सरु थापा मल्टिमिडिया च्वाईस अवार्ड र विनिता देउला वेस्ट सिंगर विजेता भए।

अविवाहित तर्फ मिस व्युटिफुल नेपाल २०२१ को ताज चुमेकी पूर्णीमा क्षत्रीले युट्युब मस्ट भ्यूज र मल्टिमिडिया च्वाईस अवार्डको उपाधिलाई पनि जितेकी छिन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको मिस व्युटिफुल नेपाल २०२१ मा गीता उप्रेती फस्ट रनर्सअपका साथ वेस्ट एक्टिभ, मस्ट आईकोनिक आईज र वेस्ट फिजिक तथा गीता गुरुङ सेकेण्ड रनर्सअपका साथ वेस्ट र्याम्पवाक तथा पूजा नाथ थर्ड रनर्सअपका साथ मस्ट पपुलर, फेसन र्आकन र मस्ट ट्यालेन्ट भएका जारी विज्ञप्तिमा उल्लेख छ। सविना खुलाल मस्ट डिसिप्लेन र वेस्ट पर्सनालिटी, सोन्या शाही वेस्ट स्माइल, मनिषा यादव थापा मस्ट फोटोजेनिक, सुष्मिता देव मस्ट पंचुअल, विजया रञ्जीत भ्युअर्स च्वाईस र वेस्ट डान्सर, अनिता तामाङ वेस्ट हेयर तथा उषा फुयाँल वेस्ट स्किन भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *