काठमाडौं । संघीय सांसदहरुको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस संयोजक अशोक पौडेलका अनुसार संघीय संसदका सबै सदस्यहरुको पीसीआर टेष्ट सुरू भएको छ ।
बिहान १० बजेपछि पीसीआर परीक्षण सुरु भएको हो । दुवै संसदको बैठक भोलि दिउँसो ४ बजे बस्नेछ ।






