Home / Nepal / News / त्रिभुवन विमानस्थलको रनवेमा चिनियाँ जहाजले टर्न लिन नसकेपछि…

त्रिभुवन विमानस्थलको रनवेमा चिनियाँ जहाजले टर्न लिन नसकेपछि…

काठमाडौं । चीनको गोन्जाओ उडान भर्ने क्रममा चाइना साउथर्नको जहाज रनवेको टर्निङ पेडमा घुम्‍न नसकेपछि केहीबेर उडानमा समस्या देखिएको थियो ।

त्रिभुवन विमानस्थलका अनुसार टोबार मेशिनको सहयोगमा जहाजको अघिल्लो भाग फर्काएपछि मात्र उडान सफल भएको छ ।

जहाज सबा १ बजे चीनतर्फ उडिसकेको छ । जहाजले नर्थबाट साउथ उडान भर्ने गरेतापनि बिहीबार वर्षाका कारण साउथबाट नर्थ उड्ने क्रममा यस्तो समस्या देखिएको विमास्थल स्रोतले जनाएको छ ।

चिनियाँ नागरिकलाई स्वदेश फर्काउन काठमाडौँ आएको जहाजमा एक सय ८४ जना यात्रु सवार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *