वीरगञ्ज। वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका रेशमकोठीकी कोरोना संक्रमित ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्यमा गम्भीर समस्या आएकि उनलाइ ४ दिन अघि उपचारका निम्ति पुर्याएको थियो।
उनको स्वाब परिक्षण पश्चात् उनमा भदौ २ गते कोरोना सङ्क्रमण पुस्टी भएको थियो। वीरगञ्ज स्थित हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा आज दिउँसो सवा ४ बजे उनको मृत्यु भएको कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी गराए।
मधुमेह रोगबाट ग्रसित उनमा कोभिड निमोनिया समेत देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।






