वैदेशिक अध्ययनको लागि शिक्षा मन्त्रालय बाट दिइने नो अब्जेसन सर्टिफिकेट (एनओसी) नदिएको भन्दै वैदेशिक अध्यनको प्रक्रियामा रहेका बिद्यार्थीहरु आक्रोशित बनेका छ्न।
रोजगारीको लागि श्रम मन्त्रालयले श्रम स्वीकृति दिए पनि बिधार्थि हरुको हकमा शिक्षा मन्त्रालयले स्वीकृति बन्द गरिएको छ।
पहिला नै बिदेशमा रहेका बिद्यार्थीलाई समेत नो अब्जेसन सर्टिफिकेट ( एनओसी ) नपाएर कलेज फि तिर्न समस्या भएको छ। कोभिड १९ समस्याका कारण धेरै विश्वविद्यालयले अनलाइन कक्षा सुरु गरेका छन्।
कक्षा लिनको लागि फि तिर्नु पर्ने र NOC बिना फि तिर्न बैंकले मान्दैनन, सरकारले नो अब्जेसन सर्टिफिकेट ( एनओसी ) बन्द गरेका कारण कलेज फि तिर्न नपाएर कलेजबाट दबाब झेल्नु परेको जापानको ओसाका स्थित निस्से निहोनगो गाक्कोएन मा अध्यनरत दाङ घोराहीका मुकेश बस्नेतले टेलिफोनमा सुनाए।
पैसा बैंकमा भएर पनि नो अब्जेसन सर्टिफिकेट ( एनओसी ) जारी नभएको कारणले कक्षा फि तिर्न नपाएकोले कलेजले हर्जना लगाएको र सरकारको उदासिनताको कारण थप सुल्क तिर्न र कलेज बाट मानसिक तनाब भोग्न बाध्य भएको मुकेशको गुनासो छ।
कतिपय विद्यार्थीले बाहिर जानको लागि ऋण लिएर बैंकमा पैसा राखिरहेका र बाहिर जाने अवस्था नभए पनि यहीँ बसेर अनलाइन कक्षा लिने व्यवस्था गर्न समेत कलेज फि अनिवार्य बुझाउनु पर्ने हुन आउँछ।
हरेक वर्ष २० हजार भन्दा बढी विद्यार्थी अध्ययनको लागि बाहिर जाने गरेका छन्। २०७६ फागुन २ ९ गतेदेखि कोभिड १९ को संक्रमण बढेको भन्दै नो अब्जेसन सर्टिफिकेट ( एनओसी ) दिन बन्द गर्ने निर्णय गरेको थियो।
कोभिडको अवस्था सामान्य नभए पनि विभिन्न देशले विद्यार्थी भर्ना तथा कक्षा सुचारु गरेको भन्दै वैदेशिक अध्ययनमा जाने विद्यार्थीले एनओसी जारी गर्न माग गर्दै आएका छन।
विद्यार्थीको अत्यधिक माग भइरहेकाले शिक्षा मन्त्रालयले नो अब्जेसन सर्टिफिकेट ( एनओसी ) जारी गर्न अनुमतिको लागि सीसीएमसी र मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ।बिद्यार्थीहरुको चर्को चर्को दबाब पछि मन्त्रालयले एनओसी वितरण पुनः खोल्ने गरी प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिएको मन्त्रालयका एक अधिकृतले बताएका छ्न।






