काठमाडौं : कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत स्वास्थ तथा जनसंख्या मन्त्रालयको आजको सचिवस्तरीय बैठकबाट सरकारले दोस्रो चरणको खोप दिने वर्गमा फिल्डमा खटिने सञ्चारकर्मी र दूतावासका कर्मचारीलाई समेट्ने भएको छ।
पहिलो चरणको खोप अभियान शनिबार सकिएसँगै मन्त्रालयले दूतावासमा कार्यरत कर्मचारी र विदेशी कर्मचारीको हकमा तिनका परिवारलाई समेत खोप दिने निर्णय भएको हो। प्राथमिकतामा परेका तर छुटेकाहरुका लागि दोस्रो चरणको कार्यक्रम सुरु गर्ने योजना बनाएको छ।
शनिबारसम्म पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिने लक्ष्य रहे पनि एक लाख ८४ हजार ८५७ जनाले खोप लिएका थिए।






