Home / Nepal / News / काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस, आजदेखि मौसममा सुधार

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस, आजदेखि मौसममा सुधार

काठमाडौं : काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको छ। पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आजदेखि सुधार आउने भएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आजदेखि देशैभरको मौसम सफा हुँदै जानेछ। कतै–कतै मौसम सफा भइसकेको छ। महाशाखाले हरेक दिन बिहान पौने ९ बजे गरिने मापनलाई आधिकारिक मानेर वेबसाइटमा प्रकाशित गर्ने गर्छ।

पश्चिमी वायुको प्रभावले शनिबार देशका केही स्थानमा हिमपात हुनुको साथै देशैभरको मौसममा बदली भएको थियो। काठमाडौं आसपासका उच्च भेगमा समेत हिमपात भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *