काठमाडौं : पशुपतिनाथ मन्दिर परिसरमा बाबामाथि खुकुरी प्रहार भएको छ।
महानगरीय प्रहरी वृत गौशालाका अनुसार एक अपरिचित व्यक्तिले बाबालाई चरेस दिन भनेको तर बाबाले ‘छैन’ भनेपछि खुकुरी प्रहार गरेको बताए। विश्वरूपमा मन्दिरनजिकै ३५ वर्षीय सन्तोष बाबा शौचालयतर्फ जाँदै गरेको बेलामा खुकुरी प्रहार भएको हो।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट घाइते भएका बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






