Home / World News / कोरोनाले २४ घण्टामा साढे ८ हजारको मृत्यु, अमेरिकामा मात्रै २ हजार ५३५ को ज्यान गयो

कोरोनाले २४ घण्टामा साढे ८ हजारको मृत्यु, अमेरिकामा मात्रै २ हजार ५३५ को ज्यान गयो

काठमाडौं । कोरोनाले पछिल्लो २४ घण्टामा ८ हजार ६७२ जनाको ज्यान गएको छ ।  सबैभन्दा धेरै अमेरिकामा २ हजार ५३५ जनाको ज्यान गएको छ । 

चीनमा १२ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ । बेलायतमा ८५७, फ्रान्समा ७६१, स्पेनमा ६८७ तथा इटालीमा ५७५ जनाको २४ घण्टामा ज्यान गएको छ । 

पछिल्लो २४ घण्टामा ८६ हजार ४९७ कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यसमध्ये अमेरिकामा मात्रै ३२ हजार १६५ संक्रमितको पहिचान भएको छ । 

इटालीमा ३ हजार ४९३, बेलायतमा ५ हजार ५९९, स्पेनमा ५हजार १८९ तथा जर्मनीमा ३ हजार ६९९ जना नयाँ संक्रमित पछिल्लो २४ घण्टामा पहिचान भएका छन् । 

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १५६ छ पुगिसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *