Home / Politics / किन स्थायी कमिटी बैठक सुरु हुनासाथ एकै छिनमा फर्किए ओली ?

किन स्थायी कमिटी बैठक सुरु हुनासाथ एकै छिनमा फर्किए ओली ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । 

आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएर फर्किएका छन् ।

सरकारी काम परेकाले ओली बैठकमा उपस्थित भएर बाहिरिनु परको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

नेकपाको बैठक बिहीबारदेखि सुरु भएको हो ।

स्थायी कमिटीमा आज सीमा समस्या समाधान र कोभिड–१९ नियन्त्रणमा सरकारले गरिरहेका कामबारे समीक्षा गरिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *