काठमाडौं : ईलाम नगरपालिका–१ नेपालटारस्थित सडकमा ना.५ ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा प्लेजुङ खुम्बेदिन बस्ने २३ वर्षीय राजेश नेपाल रहेका छन्। उनको गएराति घटनास्थलमै मृत्यु भएको हो।
पाँचथरबाट ईलातर्फ आउँदै गरेको प्र.१ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकका सह–चालक राजेशलाई खाना खाई फर्कने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






