टोकियो । जापानमा बाढीमा परी २० जनाको मृत्यु भएको छ । दक्षिणी जापानमा शनिबारदेखिको भिषण वर्षाका कारण आएको बाढीले २० जनाको मृत्यु भएको छ भने अन्य थुप्रैको मृत्यु भएको हुनसक्ने जनाइएको छ ।
बाढीमा फसेका मानिसहरुलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । उद्धार कार्यमा १० हजारभन्दा बढी सैनिक, कोस्ट गार्ड र फायर ब्रिगेडका उद्धारकर्मीहरु खटिएका छन् ।
दक्षिणी जापानको कुमा गाउँमा रहेको केयर होममा बाढी पस्दा त्यहाँ रहेका १४ जनाको पनि मृत्यु भएको हुनसक्ने जनाइएको छ ।
आइतबार बिहानैदेखि दर्जनौंको उद्धार गरिएको छ । –अलजजिरा






