Home / Nepal / News / उपत्यकामा लकडाउन खुकुलो भए सङै कोरोना संक्रमण बढ्न सक्ने संकेत

उपत्यकामा लकडाउन खुकुलो भए सङै कोरोना संक्रमण बढ्न सक्ने संकेत

काठमाडौं:बिहीबारदेखि काठमाडौ उपत्यकामा लकडाउन खुकुलो भए सङै तीनै जिल्लामा जोरबिजोर अनुसार सवारीसाधन सञ्चालनमा आएका छन।लकडाउन खुकुलो भएकै दिन बिहीबार कोरोना संक्रमीतको संख्या ५ सय भन्दा बढि देखिएको छ।

यसले अबको दिनमा कोरोना संक्रमण अझ बढ्ने संकेत गर्दछ। जनजीवनमा प्रत्यक्ष असर परेको भन्दै बिहीवारबाट निषेधाज्ञा खुकुलो बनाएकोले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार नागरिकले आफ्नो सुरक्षा आफैं नगरे स्वास्थ संकट आउन सक्ने भन्दै बिज्ञहरुले चिन्ता व्यक्त गरेका छन।

व्यवसाय चौपट भएपछि व्यवसायीहरुले निषेधाज्ञालाई निश्चित स्वास्थ्य मापदण्ड अपनाएर खुकुलो बनाउन दबाब दिएका थिए। नागरिक र सरकार थप जिम्मेवार नबन्‍ने हो भने उपत्यकामा संक्रमणको दर उच्च बिन्दुमा पुग्ने छ।

उपत्यका कोरोनाको हटस्पट बनिरहँदा स्वास्थ्य-सुरक्षाको मापदण्ड पालना नगर्दा संक्रमितको संख्या थपिने र झन जोखिम बढ्ने अवस्था छ।

कोरोना नियन्त्रण का लागि सरकारसँगै नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने अवस्था आएको छ। समुदायस्तरमा कोरोना पुगिसकेकोले अझै जोखिम बढ्ने विज्ञको तर्क छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *