NepalNewsSociety

सोमबार बिहान बुटवलमा भएको सवारी दुर्घटना २ को मृत्यु २ घाइते

बुटवल-: रुपन्देहीको बुटवलमा सोमबार भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। भने उक्त दुर्घटनामा दुईजना गम्भिर घाइते भएका छ्न ।

सोमबार (आज) बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बिग्रिएर रोकिएको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीले जानकारी दिएको छ। घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

घाइते र मृतकको सनाखतहुन बाँकी रहेको प्रहरीले जनाएको छ। बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *