मुम्बई । बलिउड अभिनेत्री मनीषा कोइरालाले नेपाल सरकारले चालेको कदमलाई समर्थन गर्दै ट्वीट गरे पछि अहिले भारतीय मिडियाहरु उनी विरुद्ध खनिएका छन ।
मनीषाको यो ट्वीट उनका धेरै जसो भारतीय फ्यानहरूले मन पराएका छैनन् र उनको ट्विटरमा कडा टिप्पणी गरेकाछन ।
साथै विभिन्न अनलाइन, टिभी तथा पत्रपत्रीकाहरुले उनी बिरुद्ध सामग्रीहरु प्रकाशन तथा प्रशारण गरेका छन् ।
मनीषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको पनि उल्लेख गर्दै ‘तीनै महान देशहरू’ बीच शान्तिमय र मर्यादित वार्तालापको आशा राखेको बताइन्। यस पछि, मनीषाको ट्वीटको जवाफमा समर्थन र टिप्पणीहरू वर्षा हुन थालेका थिए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई लिएर भारत र नेपालबीचको विवाद झन् झन् गहिरो हुँदै गइरहेको छ।
अहिले एबिपी, जी न्युज, राज्यसभा, ईन्डिया टिभी लगायतले मनिषाको ट्विटको आलोचना गरेका छन् ।






