सोलुखुम्बु: जिल्लाको महाकुलुङ गाउँपलिकामा
३ की २८ वर्षीया रविमाया कुलुङको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ।
उनले आज बिहान छेस्काम प्राथमिक स्वास्थ चौकिमा नवजात शिशुलाइ जन्म दिएकी थिइन।
बच्चा जन्मिएपछि उनलाइ अत्याधिक रक्तश्राव भएको थियो। कुलुङको रक्तश्राव नरोकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याउँदै गर्दा पेल्माङ भन्ने स्थानमा मृत्यु भएको हो।






