Home / World News / विदेशी तब्लिगी जमातीलाई दश वर्षसम्म भारत प्रवेशमा प्रतिबन्ध

विदेशी तब्लिगी जमातीलाई दश वर्षसम्म भारत प्रवेशमा प्रतिबन्ध

काठमाडौं । भारतको गृह मन्त्रालयले दुई हजार ५५० जना विदेशी तब्लिगी जमातका सदस्यलाई कालोसूचीमा राखेको छ ।

कोरोनाभाइरसको जोखिम न्यूनिकरण गर्न अपनाइएको लकडाउनलाई उल्लंघन गरी सङ्क्रमण फैल्न सघाएको आरोपमा उनीहरुलाई कालोसूचीमा राखिएको छ ।


पीटीआईले गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै कालोसूचीमा राखिएका दुई हजार ५५० जना विदेशी नागरिकलाई दश वर्षका लागि भारत प्रवेशमा प्रतिबन्ध लगाएको उल्लेख गरेको छ ।

गत् मार्च महिनामा राजधानी नयाँ दिल्लीको निजामुद्दीनस्थित तब्लिगी जमातको आयोजन कोरोना सङ्क्रमणको हटस्पट बनेको दाबी गरिएको थियो ।

भारतको अधिकांश स्थलका सहभागी रहेका अनुयायीहरु घर फर्किदा कोरोनाभाइरसको सङ्क्रमण देशब्यापी फैलिन सघाएको भारतीय अधिकारीहरुको दाबी छ ।


विदेशी नागरिक भिसा अवधि समाप्त भएपनि गैरकानूनी रुपमा मस्जिद र धार्मिक स्थलमा आश्रय लिएर बसेको पाइएपछि विदेशी जमातीमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको हो ।

सङ्क्रामक रोग ऐन विपरित कार्य गरेको तथा भिसाको मापदण्ड उल्लंघन गरेको आरोपमा मर्कजका विदेशी सहभागीहरु बिस्तृत छानबीन र अनुसन्धान गरिदैछ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *