काठमाडौ: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म बिस्वभरिमा कोरोना संक्रमण बाट ७ लाख ७२ हजार ७ सय ३६ जनाले ज्यान गुमाउदा १ करोड ४५ लाख ५१ हजार ६ सय ४९ जना उपचार पछि घर फिर्ता भएका छन।
भने कुल संक्रमीत २ करोड १८ लाख १५ हजार ८ सय ५३ रहेका जनाइएको छ।
सबै भन्दा धेरै अमेरिकामा कोरोनाका कारण १ लाख ७३ हजार ९६ जनाको ज्यान गएको जनाइएको छ।
अमेरिकामा कुल संक्रमितको संख्या ५५ लाख ६५ हजार १ सय ९६ पुगेको डब्लूएचओले जनाएको छ।
भने अमेरिकालाइ पच्छ्याउदै ब्राजिल ३३ लाख ४० हजार १ सय ९७ जनामा कोरोना संक्रमण रहेको छ।
यसैगरी नेपालमा भने २२ हजार ६ सय ६० जनामा संक्रमण देखिएका मध्ये १०४ जनाको ज्यान गएको छ भने १७ हजार ३ सय ३५ जना उपचार पछि घर फर्किएका छन।
पछिल्लो २४ घन्टामा नेपालमा थप ६४१ जना संक्रमीत थपिएका छन।






