काठमाडौं । सरकारले आज संसदमा दोस्रो संविधान संशोधन विधेयक प्रस्तुत गर्ने भएकोे छ ।
प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन विधेयक प्रस्तुत हुने भएको होे ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसको कारण केही दिन लम्बिएको नेपालको निशाना चिन्ह संशोधन गर्न संसदमा दर्ता भएको विधेयक आज कानुन न्याय तथा संघीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।






